कारागार कैलालीमा “पढन्या थली”

बोलन्या थली | १८ फाल्गुन २०७७, मंगलवार
कारागार कैलालीमा  “पढन्या थली”

बोलन्या थलीले कैलाली जिल्ला कारागारमा “पढन्या थली”को व्यवस्था गरेको छ । चेतनशील समाज , बैचारिक प्रहार र तर्कपुर्ण अभिव्यक्ति आधुनिक नेपाली समाजको आबश्यकता रहेकोले प्रदेशका नौ वटै जिल्ला कारागारमा कैदीहरु लक्ष्यित पढन्या थली बिस्तार गर्ने कार्यक्रम अन्तर्गत आज कैलाली जिल्ला कारागारबाट अभियान शुरु गरेको बोलन्या थलीका संयोजक यादब जोशीले जानकारी दिए।

जेलमा वसेर पनि संसार हल्लाउनेले कृति लेखेका इतिहासहरु छन । जोशीले भने ‘हामीले कैदीहरुलाई सामाजिक आत्मसम्मानको परिधिभित्र ल्याउनुपर्छ , प्रेम र पुस्तकले मान्छे सुध्रिने र दार्शनिक पनि बन्ने मेरो दाबी हो ।, त्यसैले कारागारमा फलफुल भन्दा पुस्तक दिन आएका हौ ।’

बोलन्या थलीका तर्फबाट संयोजक यादब जोशी , आदित्य जोशी ,अजय पाण्डे र देवराज अवस्थीहरुले युनिटले कारागार प्रशासनका निमित्त प्रमुख बिरेन्द्र बोहरा , शुनैना श्रेष्ठ , टेक किमाडी मनोज बोहराको रहोबरमा र कैदी तर्फका चौकीदार पर्शु रानालाई पुस्तक हस्तान्तरण गरेका थिए । 

जनाअवजको टिप्पणीहरू