धनगढीमा निशान म्याग्नाइट सार्वजनिक

बोलन्या थली | १२ फाल्गुन २०७७, बुधबार
धनगढीमा निशान म्याग्नाइट सार्वजनिक

धनगढी : धनगढीमा निशान म्याग्नाइट सार्वजनिक भएको छ ।
धनगढीमा निशान सोरुमको आधिकारिक बितरक जिएआरएस ट्रेड कन्सर्नले मंगलबार एक कार्यक्रम गरि उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष र निशान सोरुमका निर्देशक आलोक पाण्डेयले सयुक्त रुपमा गाडी सार्वजनिक गरेका हुन् । 

निशान म्याग्नाइट फरक बिशेषताका साथ नेपाली बजारमा भित्रिएको  जसमा सीएमएफ ए प्लस प्लाटफममा लोभलाग्दो डिजाइन, जुन अगाडीको भागले थप आकर्षित रहेको छ । बी प्रोजेक्टर हेडल्याम्प, एलइडी लाईट र आई सेप्ट एलइड फग ल्यापले अगाडीको भागलाई अकर्षक बनाएको छ ।

यो गाडीले फोर्ड इकोस्पोट, मारुती सुजुकी, हुन्डाइ भेन्यु लगाएत गाडीसँग प्रतिस्पर्धा गर्ने छ ।

पाँच स्पिड म्यान्युयल गियर दिइएको छ भने ३३६ लिटर इन्धन क्षमता, प्रतिलिटर १८.७५ किलोमिटर माइलेज र पाँच सिटर क्षमता जस्ता फिचर यो गाडीमा रहेको छ । नेपाली बजारमा यो गाडी ओन्याक्स व्ल्याक, स्ट्रोम सेता, ब्राउन, सिल्भर लगाएतको कलरमा रहेको छ ।

गाडीको मुल्य २९ लाख ५० हजार देखि रहेको निशान सोरुमका निर्देशक पाण्डेयले जानकारी दिए। कार्यक्रमको संयोजन रक स्टार मिडियाले गरेको थियो ।

सोमबार मात्रै नेपालमा निशान म्याग्नाइट सार्वजनिक गरिएको थियो ।

जनाअवजको टिप्पणीहरू