भागरथी भट्टको न्यायको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि बाल संजालहरुको प्रदर्शन जारी
बोलन्या थली |
२८ माघ २०७७, बुधबार
धनगढी : बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै नगर बाल सञ्जाल धनगढीको आयोजनामा शैंशव मञ्च नेपाल र नयाँ युवा,नयाँ सोच नेपाल बझाङको समन्वयमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
बुधबार बाल संजाल र युवा क्लबले कालो पोशाक र मास्क लगाएर बिरोध र्याली सगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा गरेका हुन् ।
बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर , भगवति न्याय दे र बालबालिका लाइ सुरक्षा दे जस्ता नारा लगाउदै पार्कमोड देखि मुख्यमन्त्री कार्यालयसम्म र्यालीपछि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा गरेका छन् । कोण सभालाई सम्बोधन गर्दै नगर बाल सञ्जाल धनगढीका उपाध्यक्ष लक्ष्मी जोशीले सम्बन्धित निकायले ध्यान नदिए दोषी उपर कडा कार्वाही नभए आगामी दिनमा कडा कदम चाल्ने बताएकी छिन्।
नयाँ युवा नयाँ सोच नेपाल बझाङ्ग जिल्ला इकाई सचिव विकास विष्टले दिनानुदिन यस्तो अपराध बढि रहदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रुपमा उक्त र्यालि निकालिएको बताए ।
भागरथी भट्टको न्यायका लागि लगातार आन्दोलन गरिने बाल क्लबले जनाएका छन् ।


