मोहन थ्यायतको पहलमा क्यान्सर पिडित सुकी दमाईलाई ३० हजार आर्थिक सहयोग
क्यान्सर रोगबाट ग्रसित सुकी दमाईलाई अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ । अछामको मंगलसेन नगरपालिका वडा नं। ७ की सुकी दमाईको उपचारका लागि हाल अमेरिकामा रहेका मोहन थ्यायतको पहलमा ३० हजार आर्थिक सहयोग जुटेको धनगढीका सामाजिक अभियन्ता मोहन खड्काले बताए ।
आर्थिक अवस्था निकै कमजोर भएको कारण अहिलेसम्म उपचार हुन् नसकेको उहाँका श्रीमान झन्करे दमाइले बताए ।पहिले पाखुरामा सानो घाउ भएको र अहिले आएर त्यो त्यो पाखुरामा क्यान्सर रोग लागेको उनले बताए । उनको समस्या सुनिसकेपछि अमेरिकामा बस्दै आएका मोहन थ्यायत, ललित चन्द ,भरत बिष्ट ,भरत भन्डारि ,इन्द्रा शाहिको थतर्फबाट सो रकम पठाएको मोहन थ्यायतले जानकारी दिए ।
सानो पैसा को लागि कसैको मृत्यु नहोस भन्ने उदेश्यका साथ सो रकम पठाएको उनको भनाई छ । पछिल्लो समय थ्यायतले समस्यामा परेका व्यक्तिहरुलाई लाखौं रुपया सयोग गर्दै आएका छ्न् । धनगढीका अभियान्ता मोहन खड्काका मार्फत सो रकम छिटै पिडितलाई हस्तान्तरण हुने जनाएको छ । सुकीको उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्नुका साथै, नगर तथा सरोकारवालालाई पनि सहयोगको माग गरेका छन् ।
सुकीको उपचारका लागि तपाई पनि सहयोग गर्नु चाहानु हुन्छ भने बैँकको खाता नम्बर र सम्पर्क व्यक्तीको बिबरण यसप्रकार रहेको छ ।
खाता नं. ०१९१०९०१७३६०४०१
खातावालाको नाम झंकरे दमाई ।
ग्लोबल आईएमी बैँक मंगलसेन शाखा
सम्पर्क नं. ९७४१७८४५२८
पदम थ्यायत ९८४८४६०६९४
कमल परियार ९८६९६६२३१२
जन्मराज जैसी ९८४२८८०६१७