स्ववियु निर्वाचन तत्काल घाेषणा सहितका माग राख्दै नेविसंघद्वारा त्रिविमा तेस्रो दिन पनि रिले अनसन जारी

बोलन्या थली | २३ माघ २०७७, शुक्रबार
स्ववियु निर्वाचन तत्काल घाेषणा सहितका माग राख्दै नेविसंघद्वारा त्रिविमा तेस्रो दिन पनि रिले अनसन जारी

धनगढी : नेपाल बिधार्थी संघले त्रिभुवन बिश्व विद्यालयको स्ववियु निर्वाचन तत्काल घाेषणा सहित पाच वुदे माग राख्दै रिले अनसन सुरु गरेकाे छ । अाज तेस्राे दिन ने.वि.संघ निवर्तमान केन्द्रीय सदस्य एलिजा ढकाल,प्राविधिक बिधार्थी परिषदका पुर्व अध्यक्ष ई.भुवन भट्ट,ने.वि.संघ नेताहरु निर्दिप केसि,अजय भट्टराई त्रिवि उपकुलपति कार्यालयमा रिले अनसनमा छन ।
ने.वि.संघले ३ दिन अघि जुलुस सहित उपकुलपतिका बिरुद्ध नारा लगाउदै उपकुलपति कार्यालयमा रिले अनसन सरु गरेकाे थियाे । रिले अनसनकाे सुरुवात गर्दै ने.वि.संघ त्रिवि समितिका अध्यक्ष डा.श्यामचन्द्र अधिकारि र अनसनमा एक्यवद्धता जनाउदै ने.वि.संघ केन्द्रीय काेषाध्यक्ष शिव रिमाल,निवर्तमान केन्द्रीय सदस्य सुशील तिमल्सेना,प्रेमिका राना मगर रिले अनसनमा बसेका थिए।

त्रिभुवन विश्वविद्यालयमा पटक पटक ने.वि.संघ त्रिवि समित र केन्द्रीय समितिले स्ववियु निर्वाचनकाे सुनिश्चितता गर्न,शैक्षिक बिकासमा केन्द्रीत हुँदै त्रिविलाई नित्तान्त प्राज्ञिक क्षेत्र बनाइनु पर्ने, त्रिविमा राजनितीक भागभण्डा अन्त्य गरिनुपर्ने र शैक्षिक गुणस्तर बिकासमा विश्वविद्यालयकाे पदाधिकारि,उपकुलपति केन्द्रत हुनुपर्ने माग राखिरहेकाे थियाे । तर हाम्रा मागहरुलाई वेवास्था गर्दै उपकुलपतिका स्वयं त्रिविलाई कम्युनिस्टहरुकाे भर्तिकेन्द्र बनाउन मात्र लागिपरे । उपकुलपति बिश्वबिद्धालयकाे शैक्षिक बिकासमा गैरजिम्मेवार भएका कारण हामी रिले अनसन बस्न बाध्य भएकाे ने.वि.संघ नेता ई.भुवन भट्टले बताए ।
ने.वि.संघले स्ववियु चुनाव तत्काल घाेषणा गर्न,काेभिड-१९का कारण लामाे समयपछि भएकाे परीक्षा र नतिजा प्रकासनमा भऐकाे ढिलाईका कारण शैक्षिक सत्र गुम्ने खतरा भएकाेले १ महिना भित्र नतिजा प्रकासन गर्ने सुनिश्चितता गर्न,त्रिविकाे बार्षिक क्यालेन्डर अनुसार भर्ना प्रक्रिया सुचारु गर्न , बिगतमा नेपाल बिधार्थी संघ त्रिवि समिति, त्रिभुवन बिश्वबिद्धालय बिच भएकाे २३ बुदे सहमति कार्यान्वयन गर्न र त्रिविकाे प्रध्यापक,बिधार्थी संगठनका नेतृत्वहरुलाई बदनाम गराउने,झुट्टा मुद्दा लगाउने काम बन्द गर्न ५ बुदे माग सहित रिले अनसन सुरु गरेकाे छ ।
हामी विश्वविधालयलाई नित्तान्त प्राज्ञिक क्षेत्र बनाईनु पर्छ,विश्वविद्यालयकाे स्वायत्तता कायम गरिनुपर्छ, समयानुकुल शैक्षिक प्रणालि र गुणस्तरमा बिश्वबिद्धालय केन्द्रित हुनुपर्छ र बिधार्थी अधिकारकाे पक्षमा लड्ने अाधिकारिक संस्था स्ववियुकाे निर्वाचन सुनिश्चितता गरिनुपर्छ भनेर पटक पटक अाजाज बुलंद गरिराखेका छाै । हाम्राे सत्याग्रह बिश्वबिद्धालय सुधारमा केन्द्रित छ । राष्ट्रकाे समृद्बिका लागि स्वच्झ,गुणस्तरिय र स्वायत्त विश्वविद्यालय नै प्रमुख अाधार हाे । त्यसैले माग पूरा नभए सम्म रिले अनसन जारि रहने ने.वि.संघ नेता ई.भुवन भट्टले बताए ।

जनाअवजको टिप्पणीहरू