४ बुदे माग राख्दै नेविसंघद्वारा त्रिविमा रिले अनशन

बोलन्या थली | २२ माघ २०७७, बिहीबार
४ बुदे माग राख्दै नेविसंघद्वारा त्रिविमा रिले अनशन

धनगढी : त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले रिले अनशन सुरु गरेको छ । ४ सुत्रीय माग राख्दै नेविसंघका बिद्यार्थी नेताहरु त्रिवि प्राङगण मै अनशनमा बसेका हुन् ।

बिगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविमा भइरहेको कम्युनिस्टकरण बन्द गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने र परिक्षाको नतिजा १ महिनाभित्रै प्रकाशनको सुनिश्चितता हुनुपर्ने माग राख्दै बिद्यार्थीहरुले अनशन शुरु गरेका हुन् ।

आज दोश्रो दिन भएको उक्त रिले अनशनमा नेविसंघ त्रिवि समितिका कार्यवाहक अध्यक्ष गणेश भण्डारी र नेबिसंघ नेता शसिन्द्र मोहनराज , मेघ कार्की, नेत्र पौडेल सहभागी छन् । अनशन स्थलमा नेविसंघका महामन्त्री दीपक भट्टराईले, शिव रिमाल, श्यामचन्द्र अधिकारी, भुवन भट्ट र युवानेता सुन्दर तामाङले अनशनकारीहरुलाई माला र खादा लगाइदिएर रिले अनशन सुरु भएको थियो ।

जनाअवजको टिप्पणीहरू