बैतडीमा १७ बर्षिया एक युवती मृत फेला,बलात्कारपछि हत्या गरेको आफ्न्तको आशंका
बोलन्या थली |
२२ माघ २०७७, बिहीबार
बैतडी : बैतडीमा १७ बर्षिया एक युवती मृत फेला परेकी छन् । बिहिवार दिउँसो स्कुलबाट बेपत्ता भएकि दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्ट मृत फेला परेकी हुन ।
स्थानीयका अनुसार बुधबार दोगडाकेदारमा रहेको सनतन धर्म उच्च माध्यमिक बिध्यालयमा कक्षा १२ मा अध्ययनरत युवति घर फर्कने कम्रमा बेपत्ता भएकी उनलाई बिहिवार बेलुका ४ बजेतिर स्थानीयले खोजतलास गर्दा स्कुल र घर आउने बाटोमा लछारेर झारीमा लगेको अवस्थामा मृत भेटाएको जानकारी दिए । मृतक युवतीको हात र खुट्टामा चोट लागेको छ भने पेटमा चक्कु हानेको घाउ रहेको छ । बलात्कारपछि हत्या गरेको आफ्न्तले आशंका गरेको स्थानीय रमेश भट्टले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रहरी टोली घटना स्थलमा पुगेको र के कसरी मृत्यु भएको भन्ने बारे अनुसन्धान भैरहेको केही समयमा थप जानकारी आउने बताएको छ ।