व्यवसायी हमालले धनगढी -गोदावरी आर्यघाटसम्म नि:शुल्क महाप्रस्थान यान संचालन गर्दै


धनगढी : उद्योग बाणिज्य संघ कैलालीका पुर्व अध्यक्ष तथा व्यबसायी गोपाल हमालले धनगढी -मोहना आर्यघाट -गोदावरी आर्यघाटसम्म निशुल्क महाप्रस्थान यान संचालनमा ल्याउने भएका छन् ।
बिहिवार पत्रकार सम्मेलन गर्दै ब्यवसायी हमालले आफ्नो हमल परिवारले धनगढी उपमहानगरपालिकामा मृत्यु पछि भव्य र सम्मान रुपले पार्थिक शरिरलाई लैजान निशुल्क महाप्रस्थान यान संचालन ल्याउन लागेको जानकारी दिए ।
महाप्रस्थानका लागि यानको अनुमानित लागत ३० लाख लाग्ने र त्यसको सम्पुर्ण बोडि धनगढीमै बन्ने छ । धनगढी उपमहानगरपालिका भित्रका नगरबासीले नि शुल्क रुपमा आफ्ना आफ्न्तको अन्तिम यात्रामा यान उपलब्ध गर्न पाउने ब्यवसायी हमाले बताए । आफुले केहिले अन्तिम दाहसंस्कार गर्ने यानको मुस्किल परेको देखेको र अन्तिम दाहसंस्कारमा भव्य र सम्मानले महाप्रस्थान यात्रामा निशुल्क रुपमा यानको ब्यवस्था गर्ने,यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने ब्यवसाय हमालले बताए ।
अन्तिम दाहसंस्कारमा कसैले दान गर्ने इच्छुक हुने भएकोले दानपेटी राखिने छ । निशुल्क महाप्रस्थान यानको फोकलपर्शनको रुपमा उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्ध राज पनेरु रहेको पनि जानकारी गराए ।