विश्वप्रकाशको ‘ऐना’ कार्यक्रम सुरु,सोनालिका देखि निर्मला पन्त चुडिएका कोपिला ! (भिडियो सहित)


धनगढी : कान्तिपुर टेलिभिजनबाट ‘ऐना’ कार्यक्रम सुरु भएको छ। यस कार्यक्रमका प्रस्तोता समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पहिलो एपिसोड सरु गरेका हुन् ।
समाजको ऎनाको रुपमा हेरिएको यो कार्यक्रममा पहिलो एपिडोडमा समाजमा भएका बालिकामाथी बलात्कारका घटना र बलात्कारपछि हत्या गरिएका परिवारका पीडा दर्शाएको छ भने सम्बन्धित सरोकारहरुसङ्ग किन बलात्कार र बलात्कार पछि हत्या गरिन्छ भने प्रश्नको जबाफ खोजिएको छ । देशमा ८ महिने सोनालिका चौधरी देखि १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्याको मुद्दामा केन्द्रीत रहेर बनाइएको पहिलो एपिसोड ‘चुडिएका कोपिला’ धेरै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् र बलात्कारका पछि हत्या गरिएका बालिकाहरुले चाडै न्याय पाउनु पर्छ भन्दै कार्यक्रममा कमेन्ट गरेका छन् ।
समाजका विकृति, विसंगति, कुरीति, अन्याय, अत्याचार, महिला हिंसा र रुढीवादी परम्परामा केन्द्रीत रहेर होराइजन मिडिया प्रालिले ऐना कार्यक्रम तयार गरेको छ ।
ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धिताल (आरके) छन् ।
अमनप्रताप अधिकारी निर्देशक छन्। जनक पौड्याल प्रोड्युसर,प्रकाश लामिछाने रिसर्च टिममा छन् भने स्क्रिप्ट राइटर आन्विका गिरी छन्। यो कार्यक्रम उत्पादनमा ग्लोबल आइएमई बैंक, विनोद चौधरीको चौधरी फाउन्डेशन र आइएनजी ग्रुपलगायत रहेका छन।