वनमन्त्रीलाई भिम रावलको कटाक्ष: वनतस्करमा लागेका मान्छेलाई मेरो इतिहास थाहा नहुनु स्वभाविक
धनगढी : सुदूरपश्चिम नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज तथा स्थायी कमिटि सदस्य डा.भीम रावलले बन तथा बाताबरण मन्त्री प्रेम आलेलाई कटाक्ष गर्दै गुण्ड गर्दै आएका बनतस्करमा लागेका मान्छेलाई मेरो इतिहास थाहा नहुनु स्वभाबिकै रहेको बताएका छन् ।
बिहिवार बोलन्या थलीको सेटमा बोल्दै नेता रावलले राष्ट्रियता,स्वाधीनताका लागि तत्कालीन श्री ५ को सरकारको बिरोध गर्दै आएको म गुण्डा गर्दै आएका बनतस्कर मान्छेले इतिहास थाहा नहुनु स्वभाविकै रहेको बताएका हुन् ।
‘२०३३ सालमा संविधान आएको थियो,त्यो बेलाको तत्कालीन प्रधानमन्त्री भारत भ्रमण गर्दा भारतसङ्ग बिशेष सम्बन्ध छ भने बापत श्री ५ को सरकारको घुडाटेकुवा मुर्दाबाद भनेर पर्चा निकाल्ने र राजपाल मुद्दा लागेको मान्छे हु ।’ उनले भने-‘गुण्डा गर्दै आएका बनतस्करमा लागेका मान्छेले मेरो इतिहास थाहा नहुने स्वभाबिक हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलि र उहाका निकटहरुले कुनै तर्क नभए पछि जनतामा अनेक कुतर्क दिदै गएका छन् । आफुले पदका लागि कसैसङ्ग कहिले पनि नमागेको र पद पाउँदा पनि आफुले नलिएको बताए ।