प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संबैधानिक बिषय भन्नू निर्लज्जा : नेता रावल


धनगढी : सुदूरपश्चिम नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज तथा स्थायी कमिटि सदस्य डा.भीम रावलले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभा विघटन संबैधानिक बिषय भन्नू निर्लज्जा भएको बताए ।
बिहिवार बोलन्या थलीको सेटमा बोल्दै नेता रावलले प्रतिनिधि सभा विघटन गरि राष्ट्रलाई संकट तर्फ लगेको आरोप लगाए । जनताले ५ बर्षलाई दिएको अभिमतलाई बिश्वास घात गर्दै ५ बर्ष नपुग्दै देशलाई आर्थिक संकट तर्फ लगेको बताए ।
अहिले प्रधानमन्त्री आफ्नै पार्टीका नेता कार्यकर्ताले काम गर्न नदिएको भन्दै जनतालाई भ्रम फैलाउदै गएको पनि बताए । हामीले पार्टी र देशको राष्ट्रियताका गलतका काम रोक्न खोजेकै हो । उनले भने ‘एमसीसी पारित नगरौं,बिदेशिलाई नागरिता दिने बिषयमा ,लिपुलेक लिम्पियाधुरा सहितको नक्सा निकालौं, भारतबाट आउने विषादीयुक्त तरकारी परीक्षण गरौं लगायतका बिषयको बिरोध गरेका हौं ।’