केएमसीमा युथ कांग्रेसद्वारा हरिपृया फाउन्डेसनको सहकार्यमा स्वास्थ्य सामग्री बितरण


धनगढी । दशौ हजार विद्यार्थी अध्ययनरत केएमसीमा युथ कांग्रेस नेपाल द्वारा हरिपृयाप्रकाश फाउन्डेसनको सहकार्यमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल विधार्थी संघका पुर्ब कावा केन्द्रिय अध्यक्ष एवं कांग्रेस युवानेता क्षितिज भण्डारीले आफ्नो आमाको सम्झना र बुवाको प्रेरणाले स्थापित संस्थाद्वारा दशौ लाख मास्क सेनेटाईजर बितरण कार्यक्रम भ्याक्सिन नआए सम्म जारी रहने जानकारी दिए ।
उनले आफू पढेको क्याम्पस नेपाल सरकारको मातहतमा आएकोमा खुसी व्यक्त गर्दै अब कोरोनाकालको शुल्क मिनाहा गर्न प्रदेश र केन्द्र सरकारसंग माग गरे ।
नवजिवन सहकारीका अध्यक्ष एवं केएमसि स्नातकोत्तर बिभागिय प्रमुख डा।गोबिन्दराज जोशीले हरिपृया फाउन्डेसनबाट करोडौं जग्गा, लाखौं नगद र राहत सामग्री दिएर भुकम्प, आगलागी, बाढिपहिरो, टोनार्डो र कोरोनामा गरिएको चन्दा संकलन बिनाको सहयोग अभियान अरु सामाजिक संघसस्थाको लागि अनुकरणीय बिषय भएको बताउदै युथ कांग्रेसले क्याम्पसमा गैरराजनीतिक तवरले सामाजिक गतिविधि अघि बढाएकोमा धन्यवाद ज्ञापन गरे ।
युथ कांग्रेसका अध्यक्ष नरेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन निराजन जोशीले गरेका थिए भने स्वागत मनिषा श्रेष्ठले गरेकी थिईन । स्वास्थ्य सामाग्री बितरणको महत्त्व र कार्यसमिति बिस्तार बारे मोहन खड्का र नेत्रप्रसाद उपाद्य्यायले धारण राख्नुभएको सल्लाहकार भिम भट्टले बताए ।
युथ कांग्रेसले केएमसीको प्राध्यापक, नेबिसंघ र अनेरास्ववियु संग नेपाल सरकार शत प्रतिशत स्वामित्व आएपछिको सकारात्मक परिणाम बारे छलफल समेत गरिएको अध्यक्ष नरेश थापाले जानकारी दिए ।