भीम रावल धनगढीमा, प्रदेश सरकार विस्तार हुनसक्ने अनुमान

बोलन्या थली | ७ माघ २०७७, बुधबार
भीम रावल धनगढीमा, प्रदेश सरकार विस्तार हुनसक्ने अनुमान

धनगढीः नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज एवंम् स्थायी कमिटि सदस्य डा।भीम रावल धनगढी पुगेका छन। नेकपा विभाजनपछि रावल दोस्रो पटक मंगलबार गृह प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तथा प्रदेश सरकार विस्तार एवंम् पुनर्गठनको गृहकार्य गरिररहेका बेला रावल धनगढी पुग्नलाइ अर्थपूर्ण तरिकाले हेरिएको छ।

रावलसँगै मन्त्री बन्ने दौडमा लागेका प्रदेशसभा सदस्यहरु पनि काठमाडौँबाट फर्किएकाले पनि सम्भवः उनी धनगढी रहेकै बेला प्रदेश सरकार विस्तार हुनसक्ने अनुमान गरिएको छ।

जनाअवजको टिप्पणीहरू