बैतडीका एक युवक बदेलको आक्रमणबाट गम्भीर घाइते,आर्थिक अभावले उपचारमा समस्या
धनगढी : बैतडीमा बदेलको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ का ३० बर्षिय देवराज भट्ट आइतबार दिउँसो घर नजिकै दाउरा चिर्ने क्रममा पछाडिबाट बदेलको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
श्रीमतिसङ्गै घर नजिकै दाउरा चिर्ने क्रममा आइतबार दिउसो करिब साढे दुई बजे तिर गाउँले माथीबाट बदेल लखेट्दै थिए आफू बच्न माथीतिर भाग्दै गर्दा ठेस लागेर लडे । भुईमा उल्टो पल्टीए बदेलले दायाँ खुट्टामा सुडले हान्यो । बँदेल पुनः आक्रमण गर्न खोज्दा आफुसङ्ग रहेको बन्चरोले प्रहार गरे । बँदेल भाग्यो,एकछिन फेरि फर्केर आक्रमण गर्न खोज्दा श्रीमतीले हसिया हानेपछी भागेको घाइते भट्टले बताए ।
गाउलेलाई खबर गरेपछि आक्रमण गरेको स्थानबाट स्ट्रेचरमा गाउँको मेडिकलमा पुर्याए । ठूलो घाउ भएकोले डडेल्धुरा अस्पताल जान सल्लाह दिए । गाउलेहरुको केही आर्थिक सहयोगमा साझ डडेल्धुरा अस्पताल डडेल्धुरा पुगे । तर अस्पतालमा टिटि सुई नै रहेन्छ । त्यहाबाट राती नै एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल भर्ना गरिएको घाइते भट्टले बताए ।
‘अहिले सेती प्रादेशिक अस्पतालमा उपचार त हुँदैछ । तर आर्थिक कसरी जुटाउने भनेर झन चिन्ताले पिरोलेको छ।’ रुदै उनले दुखेसो पोखे । कसरी पैसा जुटाउने घरमा काम गर्ने आफै नै थिए । बदेलले गम्भीर घाइते भएपछि उपचार गराउनै समस्या रहेको छ । उपचारमा आर्थिक सहयोगका लागी ९८४८७७६५४४ मोबाईल नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।