कान्छा अभियन्ता केपि खनालको हाईवे क्लिनअप अभियानमा सयौं बालबालिकाको सहभागीता

बोलन्या थली | २७ पुष २०७७, सोमबार
कान्छा अभियन्ता केपि खनालको हाईवे क्लिनअप अभियानमा सयौं बालबालिकाको सहभागीता

धनगढी :  कान्छा अभियन्ता केपी खनालले लम्किबाट ”’म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ” भन्ने नारासहित हाईवे क्लिनअप अभियान सुरु गरेका छन् ।

सोमबार लम्किमा एक कार्यक्रमका बिच कोरोनाको कारण रोकिएको सफाई अभियानलाई मैना देवी फाउन्डेसन मार्फत हाईवे क्लिनअफ अभियान सुरुवात गरेका हुन् ।

कान्छा अभियन्ता खनालले स्वस्थ बाताबरण र समाज बनाउन आफू स्वयम् जिम्मेवारी रहने भन्दै नगरपालिका, सरकारलाई दोष नदिनु पर्ने बताए । म बदलिए मेरो देश बदलिन्छ सम्झिदै आआफ्नो ठाउँबाट बाताबरण स्वस्थ राख्न पहल गर्नु पर्छ । सकिन्छ सफा गर्ने सकिदै फोहोर नगर्न आग्रह गरे । सबैले आफ्नो घर सफा राख्ने तर समाज किन फोहोर राख्ने ? प्रश्न गरे ।

लम्की बजार सरसफाइ अभियानमा लम्की नगरपालिका,युवा क्लब र लम्कीमा रहेका विद्यालयका सयौं बालबालिका सहभागी रहेका थिए। आजनै टिकापुर,बौनिया र सुखडमा सरसफाइ गर्ने कार्यक्रम रहेको मैना देवि फाउन्डेसनले जनाएको छ।

यस्तै पुस २८ गते धनगढी,अत्तरिया र मसुरीयामा सरसफाइ अभियान रहेको  जानकारी दिए ।

सामाजिक काममा जुटिरहेका कान्छा अभियन्ता खनाल कोरोनाको महामारीमा कैलालीमा ‘हेल्प फोर निडी अभियान’ अन्तर्गत मजदुर र गरिबहरको घर-घरमा खाद्यान्‍न र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउदै आएका थिए । भने अहिले जाडो मौसम बिपिन्न परिवारलाई न्यानो लुगा र खाद्यान्न सहयोग गर्दै आएका पनि छन् ।

केही महिना पहिले भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरेको थियो ।

जनाअवजको टिप्पणीहरू