लक्ष्मी आचार्यको स्वर,राजेश हमालको अभिनय रहेको म्युजिक भिडियो ‘आफ्नै नाम मन पर्यो’ बजारमा

बोलन्या थली | २७ पुष २०७७, सोमबार
लक्ष्मी आचार्यको स्वर,राजेश हमालको अभिनय रहेको म्युजिक भिडियो ‘आफ्नै नाम मन पर्यो’ बजारमा

धनगढी : महानायक राजेश हमालको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा महामहानायक राजेश हमालसङ्गै मोडेल निता ढुंगानाको अभिनय रहेको छ ।

गितमा गायक कुलेन्द्र बिश्वकर्मा र गायिका लक्ष्मी आचार्यको स्वर रहेको छ । गीतको शब्द प्रल्हाद सुवेदीको रहेको छ भने म्युजिक वसन्त थापा, एरेन्जरमा कृष्ण भान्जा र मिक्सिङ्ग श्याम स्वत रसाइलीले गरेका छन् ।

म्युजिक भिडियोको छायांकन शौरव लामाले  र म्युजिक भिडियोको सम्पादन शिव बिकले गरेका छन्  । भने म्युजिक भिडियोको निर्देशन तारा थापा (कम्बे) ले गरेका छन् । म्युजिक भिडियो वसन्त थापाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

जनाअवजको टिप्पणीहरू