कान्छा अभियन्ता केपि खनालले कैलालीबाट सुरु गर्दै हाईवे क्लिनअप अभियान !

बोलन्या थली | २६ पुष २०७७, आईतवार
कान्छा अभियन्ता केपि खनालले कैलालीबाट सुरु गर्दै हाईवे क्लिनअप अभियान !

धनगढी :  कान्छा अभियन्ता केपी खनालले धनगढीबाट ”’म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ” भन्ने नारासहित हाईवे क्लिनअप अभियान सुरु गर्ने भएका छन् ।

आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कान्छा अभियन्ता खनालले कोरोनाको कारण रोकिएको सफाई अभियानलाई पुस २६ गतेदेखी मैना देवी फाउन्डेसन मार्फत धनगढीबाट सफाइ अभियान सुरुवात गरिने जानकारी दिएका हुन् ।

स्वस्थ शहर बनाउन स्वयंम ब्यक्तिको ठूलो भुमिका रहेकोले आफू बदलिए मात्र समाज बदलिने सोच राख्नु पर्न त्यसका लागि बिद्यालय र समाजका ब्यक्तिलाई जनचेतना जगाउन यो अभियान थालनी गरिएको उनले बताए । पुस २७ गते लम्की ,टिकापुर,बौनिया र सुखडमा सरसफाइ गर्ने कार्यक्रम रहेको छ ।

यस्तै पुस २८ गते धनगढी,अत्तरिया र मसुरीयामा सरसफाइ अभियान रहेको  जानकारी दिए । यस अभियानलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न कान्छा अभियन्ता खनालले सबै युवामा आग्रह गरेका छन् ।

सामाजिक काममा जुटिरहेका कान्छा अभियन्ता खनाल कोरोनाको महामारीमा कैलालीमा ‘हेल्प फोर निडी अभियान’ अन्तर्गत मजदुर र गरिबहरको घर-घरमा खाद्यान्‍न र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउदै आएका थिए । भने अहिले जाडो मौसम बिपिन्न परिवारलाई न्यानो लुगा र खाद्यान्न सहयोग गर्दै आएका पनि छन् ।

केही महिना पहिले भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरेको थियो ।

जनाअवजको टिप्पणीहरू