प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा सडकमा बयलगाडा प्रदर्शन

बोलन्या थली | २६ पुष २०७७, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा सडकमा बयलगाडा प्रदर्शन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा धनगढीमा पनि नेकपाको प्रचण्ड-नेपाल समूहका अनेरास्ववियु विद्यार्थीले धनगढीमा पनि सडकमा बयलगाडा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहका अनेरास्ववियु विद्यार्थीले आइतबार क्याम्पस रोडबाट पार्कमोडसम्म बयलगाडा प्रदर्शन गरेका हुन् ।

२०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको विषयलाई व्यंग्य गर्न अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको छ ।

जनाअवजको टिप्पणीहरू