डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु
बोलन्या थली |
२६ पुष २०७७, आईतवार
धनगढीः डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा ३५ वर्षीय चालक ओमप्रकाश पन्तको मृत्यु भएको हो ।
डडेल्धुरा प्रहरीका अनुसार ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएको जानकारी दिए ।ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ।


