धनगढीमा विद्यालय शान्ति समूह युवा नेतृत्व सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न


धनगढी : धनगढीमा विद्यालय शान्ति समूह युवा नेतृत्व सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सिविन-नेपालको आयोजना र बिश्व शिक्षाको सहयोगमा कैलाली,डडेल्धुरा,बैतडी,अछाम र डोटीका २७ जना विद्यार्थीलाई विद्यालय शान्ति समूह युवा नेतृत्व सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
विद्यालयमा हुने बालबालिकामाथि हिंसा,दुर्ववहार र बालबिबाह सम्बन्धि जनचेतना र विद्यालयमा हुने समस्या न्यूनीकरण गर्ने विद्यार्थीमा नेतृत्व बिकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको सिविन-नेपालका कार्यक्रम संयोजक सिद्धराज पनेरुले बताए । विद्यालयमा सुरक्षा सिकाई परियोजना अन्तर्गत सुदूरपश्चिमका ५ जिल्लामा कार्यक्रम छ्नोट गरिएको उनले बताए ।
विद्यालय शान्ति क्षेत्र निर्माणमा विद्यार्थीको भुमिका बारे जानकारी गराई विद्यार्थी तहबाटै नेतृत्व बिकास गरि विद्यालय हुने बालबालिकामाथीका घटना न्यूनीकरण गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमकी सहजकर्ता मिना शर्माले बताईन । विद्यार्थीलाई द्वन्द्व र हिंसा बारे परक बुझाएको र विद्यालय बाहिर रहेका बालबालिकालाई कसरी विद्यालयमा भर्ना गराउने भन्ने बारेमा पनि सिकाएको उनले बताईन ।