‘गणतन्त्रका लागि ५० बर्ष अगाडि संघर्षको मैदान उत्रिने अरु कोहि थियो ? त्यो त मै हुँ न’

बोलन्या थली | २५ पुष २०७७, शनिबार
‘गणतन्त्रका लागि ५० बर्ष अगाडि संघर्षको मैदान उत्रिने अरु कोहि थियो ? त्यो त मै हुँ न’

धनगढी: प्रधानमन्त्री केपि शर्मा ओलिले गणतन्त्रका लागि ५० अगाडि संघर्षको मैदानमा उत्रिने आफू मात्र रहेको बताएका छन् ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रका लागि ५० बर्ष अगाडि संघर्षको मैदानमा उत्रिने अरुको थियो त त्यो आफू नै रहेको दाबी गरेका हुन ।

‘संविधान जाने भयो,ब्यबस्था जाने भयो,गणतन्त्र जाने भयो,संघीयता जाने भयो । गणतन्त्रका लागि ५० बर्ष अगाडि संघर्षको मैदान उत्रिने अरु कोहि थियो ? त्यो त मै हुँ न, गणतन्त्रका लागी संघर्षको मैदान उत्रिएर १४ बर्ष जेल बसेको थिए ।’ प्रधानमन्त्री ओलिले भने-‘अहिले गणतन्त्रबादी होईन भन्ने ?’

जनाअवजको टिप्पणीहरू