कडा सुरक्षा बिच प्रधानमन्त्री सहभागी आमसभामा निर्मलाको बलात्कारी खै ? सोध्ने युवा को थिए ?

बोलन्या थली | २४ पुष २०७७, शुक्रबार
कडा सुरक्षा बिच प्रधानमन्त्री सहभागी आमसभामा निर्मलाको बलात्कारी खै ? सोध्ने युवा को थिए ?

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीेको धनगढीको आमसभालाई सम्बोधन गर्न कार्यक्रममा कडा सुरक्षाका बिच आमसभामा निर्मला पन्तको बलात्कारी खै ? लेखेका टिसर्ट लगाएका युवा देखिए । करिव ३ बर्ष देखि कंचनपुरकि १३ बर्षिय निर्मला पन्तको न्यायका लागि दबाब दिदा पनि अहिलेसम्म सरकारले निर्मलाको बलात्कार गरि हत्या गर्नेलाई पत्ता लगाउन सकेको छैन । 

शुक्रबार प्रधानमन्त्री ओलिले धनगढीको आमसभामा सम्बोधन गर्ने कार्यक्रममा निर्मला पन्तको बलात्कारी खै? र निर्मलाका लागी न्याय लेखेका टिसर्ट लगाएका  युवा पक्राउ परे । ती युवालाई प्रहरीले प्रधानमन्त्री काठमाडौ पर्केपछी मात्र छोडेका थिए । करिव ३ घण्टा नियन्त्रण लिएर छोडेको थियो ।

तर ती युवा को थिए भनेर धेरैको जिज्ञासा थियो । शुक्रवार प्रधानमन्त्री केपि शर्मा ओलिको धनगढी आमसभा गर्ने थाहा भएपछि बिहिवार राती केही युवाहरु मिलेर निर्मला पन्तको न्यायका लागि दबाब दिन योजना बनाए ।  शुक्रवार आफ्नै पैसा उठाए शुक्रबार बिहान निर्मला पन्तको बलात्कारी खै ? र Justice for Nirmala लेखेका टिसर्ट छापे ।

२० जना युवाले सो टिसर्ट लगाएर धनगढीको मेनबजार रातोपूलबाट कडा सुरक्षाका बिच मेनगेटबाट आमसभामा प्रवेश गरे । आमसभामा प्रधानमन्त्री ओलि प्रवेश गरेसङ्गै प्रहरीले एकाएक निर्मला पन्तको बलात्कारी खै ? लेखेका टिसर्ट लगाएका युवालाई पक्राउ गर्न सुरु गर्यो ।

२० जना युवामध्ये ७ जना युवालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालयको थुनामा राखे । पक्राउ परेका युवामध्ये तीन जना धनगढी घर भएका थिए भने चार जना डेरामा बस्ने युवा थिए । जुन निर्मलाको न्यायको विभिन्न कार्यक्रम सहभागी हुँदै आएका थिए । निर्मला पन्तको न्याय माग्दा र निर्मला पन्तको बलात्कारी खै प्रश्न सोधेकै भरमा पक्राउ गरेको भन्दै सामाजिक संजालमा चौतर्फी बिरोध भएको छ । २०७५ साल साउन १० गते राती १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि उखुबारीमा हत्या गरिएको थियो।

जनाअवजको टिप्पणीहरू