पश्चिम सेती विद्युत परियोजना अगाडि बढाइने- प्रधानमन्त्री ओली
बोलन्या थली |
२४ पुष २०७७, शुक्रबार
कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती विद्युत परियोजना अगाडि बढाइने बताएका छन्। शुक्रबार धनगढीमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘पश्चिम सेती विद्युत आयोजनाको काम अगाडि बढाइने स्वादेशी लगानीमा, विदेशी लगानी खोज्ने काम पनि हुने बताएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने घोषणा गरिएको जनाएका छन।गेटालाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गर्न प्रक्रिया थालिएको बताए।