महेन्द्र खड्काको अध्यक्षमा ‘द बैयाबेहडी युवा क्लब’ गठन

बोलन्या थली | २४ पुष २०७७, शुक्रबार
महेन्द्र खड्काको अध्यक्षमा ‘द बैयाबेहडी युवा क्लब’ गठन

धनगढी उपमहानगरपालिका २ मा द बैयाबेहडी युवा क्लब गठन गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला भट्टले क्लबको उद्घाटन गरेकी हुन्  ।

अबनिश सिंहको संयोजकत्व रहेको समितिमा अध्यक्ष महेन्द्र खड्का,उपाध्यक्ष सन्तोष शाह,सचिव दिपक राज खैर र कोषाध्यक्ष जीवन सिंह रहेका छन् ।
यस्तै क्लबमा  प्रमोद सिंह,अनिल चौधरी,प्रमोद शाह,नवराज उप्रेती र रमेश पाण्डे सदस्य रहेका छन् । भने ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सामाजिक गतिविधिहरुमा युवाको संग्लनता गरि समाजमा युवाहरूको भुमिका प्रभावकारी बनाउने उद्देश्यले क्लब गठन गरिएको सल्लाहकार समितिका सदस्य लोकेन्द्र सिंह बागले बताए ।  टोलमा कुलतमा फसेका युवालाई जनचेतनामुलक कार्यक्रम,गरिब,पिछडिएका बर्ग,जनजाति,महिलाहरुलाई सिपमुलकका कार्यक्रमको पहल गरि आत्मनिर्भर बनाउने उनले बताए ।

युवाहरुलाई एकजुट गरि समाजिक कार्यमा सक्रिय बनाई टोलमा सरसफाइ कार्यक्रम,युवा जाकृत कार्यक्रम गरिने र क्लबलाई यस क्षेत्रको नमुना क्लब बनाउन आफू लगनशील भएर लाग्ने द बैहाबेहडी युवा क्लबका अध्यक्ष महेन्द्र खड्काले बताए ।

जनाअवजको टिप्पणीहरू