कैलालीमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री चौधरीलाई कालोझण्डा

बोलन्या थली | २३ पुष २०७७, बिहीबार
कैलालीमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री चौधरीलाई कालोझण्डा

धनगढी । कैलालीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कालोझण्डा देखाएको छ। अनेरास्ववीयू कैलालीले मन्त्री चौधरीलाई आज बिहान कालोझण्डा देखाएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा देखाएका हुन् ।

अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री चौधरीलाई कालो झण्डा देखाइएको अनेरास्ववीयू कैलालीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू