प्रधानमन्त्री केपी शर्मा ओली भोली धनगढी आउने

बोलन्या थली | २३ पुष २०७७, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओली भोली धनगढी आउने

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली भोली धनगढी आउने भएका छन् । पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न  यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। 

प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन्। सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ। 

नेकपा ओली समुहले २४ गते धनगढीमा गर्ने जनसभाको तयारी तिब्र पारेको छ । कार्यक्रमको तयारीको लागी नेकपा सुदुरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मुल समिती बनाइएको छ ।

त्यस्तै ७ वटा उप-समिती बनाएर तयारी थालिएको छ । कार्यक्रमको तयारी कै लागी उक्त समुहमा रहेका सबै केन्द्रिय नेताहरु कैलाली पुगिसकेका छन् ।

प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने आयोजकले जनाएको छ । स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ ।

जनाअवजको टिप्पणीहरू