नव युवा सञ्जाल कैलालीको संयोजकमा रिदम रोकाया

बोलन्या थली | १९ पुष २०७७, आईतवार
नव युवा सञ्जाल कैलालीको संयोजकमा रिदम रोकाया

कैलाली । नव युवा सञ्जाल कैलालीको संयोजकमा रिदम रोकाया चयन भएका छन् । शनिवार एक कार्यक्रमका बिच  रोकायाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उप संयोजकमा  पूर्णिमा भट्ट,कार्यक्रम संयोजकमा लोकराज ओझा,अर्थ संयोजकमा आशा पाण्डे, व्यवस्थापन संयोजकमा प्रकाश बोहरा, अनुसन्धान संयोजकमा विराट भट्टराई,संगठन संयोजकमा विवेक कुँवर, सञ्चार संयोजकमा राजन महरालाई चयन गरिएको छ  ।

यस्तै सदस्यमा देव नेपाली, दीपा थापा र गौतम पन्तलाई चयन गरेको नव युवा सञ्जाल सुदूरपश्चिम प्रदेशका संयोजक कृतज्ञ शाहीले जानकारी दिए । सञ्जालले सातै प्रदेशमा बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको जनाएको छ । 

कैलाली जिल्लाको संयोजकको जिम्मेबारी  ग्रहण गर्दै  रोकायाले समाजमा रहेका बिभिन्न कुरीति, कुसँस्कार, भ्रष्टाचार लगायतका सम्पूर्ण क्रियाकलापको खबरदारी गर्ने बताए । 

जनाअवजको टिप्पणीहरू