कञ्चनपुरको डोके बजारदेखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण अलपत्र

बोलन्या थली | १९ पुष २०७७, आईतवार
कञ्चनपुरको डोके बजारदेखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण अलपत्र

कञ्चनपुर । कञ्चनपुर जिल्लामा निर्माधिन हुलाकी राजमार्ग निर्माणमा निर्माण कम्पनीले चरम लापरवाही भएको छ।

जिल्लाको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेलौरी—बेलडाँडी हुँदै वेदकोटस्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका २ निर्माण कम्पनीहरुले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको छ।

जिल्लाको दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजारदेखि बेलौरी—बेलडाँडी हुँदै दैजी जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले २ वटा निर्माण कम्पनीहरुसँग सम्झौता गरेको थियो। 

जम्मा ६२ किलोमिटर सडकखण्ड मध्ये डोकेबजारदेखि बेलौरीको बुटावारीसम्मको २० किलोमिटर र बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकखण्ड शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीलाई र बेलौरीको बुटावारीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकखण्ड बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीलाई ३० महिनाभित्र कालोपत्रे गर्ने गरि ठेक्का दिइएको थियो।

तर सम्झौता अवधिपछि पनि पटक–पटक गरि २ पटक थपिएको म्याद सकिँदा समेत दुवै निर्माण कम्पनीहरुले सडकखण्ड कालोपत्रेको काम पूरा गरेका छैनन्। 

दुवै निर्माण कम्पनीहरुले काममा गरेको ढिलासुस्ती र चरम लापरवाहीले सडकको काम अलपत्र परेको हो। जसका कारण उक्त क्षेत्रका नागरिकहरुको जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ। निर्माण कम्पनीहरुले सम्झौता गरेको करिब ४ वर्षसम्म पनि सडक कालोपत्रे नगरेका कारण दक्षिणी क्षेत्रका नागरिकहरु बर्षौदेखि धुलाम्य कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन्।

सडक आसपासमा बसोबास गर्ने नागरिकहरु त्यही सडकबाट उडेर आएको धुलोले हैरान मात्रै छैनन् सडक दुर्घटनाको समेत त्यत्तिकै जोखिम मोलिरहेका छन्। 

जनाअवजको टिप्पणीहरू