दार्चुलामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
बोलन्या थली |
११ भाद्र २०७७, बिहीबार
धनगढी : दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलाका शेर बहादुर चन्दमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानिय गणेश लुहारले जानकारी दिए । चन्दको घटना स्थलमै मृत्यु भएको छ ।
चन्दको घाँटीमा धारिलो हतियारले हिर्काकाएको अवस्थामा अस्पताल ल्याइएको गोकुलेश्वर अस्पतालका हेल्थअसिस्टेन्ट महेश विष्टले बताए ।
चन्दको शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ । हत्यारा भट्ट अहिले फरार रहेका छन् । सामान्य विवादका कारण घटना भएको स्थानियहरुले बताए।