राति डा. केसीको स्टाट्स: ‘म माथि प्रहरीको निगरानी छ, मेरो सुरक्षाको कामना गर्नु होला !’
बोलन्या थली |
११ भाद्र २०७७, बिहीबार
धनगढी : जुम्लामा प्रहरीले डा. गोविन्द केसी बसेको होटल घेराउसङ्गै उनी माथि दमन गरेको छ। बिहिबार राती फेसबुकमा प्रहरीले उनिमाथि दमन गरेको फोटो पोष्ट गर्दै प्रहरी प्रशासनले आफुमाथि अपमान, दमन र दादागिरी गरेको बताएका हुन ।
उनले लेखेका छन्- ‘गरिब, दुखी र बिकट ठाउँमा नि शुल्क उपचार गर्न देशको कुन्ना कन्दरा पुग्ने क्रममा आज जुम्लामा प्रहरी प्रशासनले अपमान,दमन र दादागिरी गरेको छ । म सुरक्षित नै छु तर म माथि प्रहरीले निगरानी बढाएको छ । मेरो सुरक्षाको कामना गर्नु होला ! सुतेको सरकारलाई बिउझन सक्दो शेयर गरि दिनुहोला ।’
प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन्। आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि डा. केसीले सत्याग्रह घोषणा गरेका थिए।