बिहीबार ११११ जना कोरोना संक्रमीत थपिए

बोलन्या थली | ११ भाद्र २०७७, बिहीबार
बिहीबार ११११  जना कोरोना संक्रमीत थपिए

काठमाडौँ । नेपालमा आज बिहीबार ११११  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ११११  जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ५६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २० हजार ०७३ पुगेको छ ।
आइसोलेसन रहनेको संख्या १५२७३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुगेको मन्त्रालयले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू