डडेल्धुरा र डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि
बोलन्या थली |
११ भाद्र २०७७, बिहीबार
धनगढी, ११ भदौ । डडेल्धुरा अस्पतालको प्रयोगशाला र डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप २४ जनामा कोरोना पुष्टि भएको छ।
डडेल्धुरामा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ।प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बैतडीका १७ जना, डोटीका १ र बझाङ १जना गरि १७ जनामा कोराना पुष्टी भएको हो ।
यस्तै डोटी अस्पतालमा भएको परीक्षणमा बिहिवार थप ५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
डोटी अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको शिखर नगरपालिकाका ३ का एक पुरुष र शिखर नगरपालिका ४ कै ३ पुरुस र १ महिला गरी ४ मा कोरोना पुष्टि भएको छ ।