धनगढीमा भएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण

बोलन्या थली | ११ भाद्र २०७७, बिहीबार
धनगढीमा भएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण

धनगढी : सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका पाँच बर्षीया बालिका, २९ बर्षीया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै गोदावरी नगरपालिका वडा नम्वर ३ का दुई बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए।

जनाअवजको टिप्पणीहरू