छोटो समयमै साँगितिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल २२ बर्षिया गायिका एलिना चौहान
धनगढी : छोटो समयमै साँगितिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन् २२ बर्षिया गायिका एलिना चौहान । झापाको बिर्तामोडमा जन्मिनु भएकी गायिका एलिना सांगीतिक क्षेत्रमा कभर गितबाट प्रबेशसङ्गै डेढ बर्षमा दर्जनौं गितबाट चर्चा पाईसकेकी छिन् ।
गायिका एलिनाले सुरुमा थुप्रै गितको कभर गित गाएकी थिइन् । कालीप्रसाद बास्तोलाको ‘इन्स्ट्रामा फोटो’ बोलको गीतको रिप्लाईमा कभर गित गाएपछि गायिका चौहान एकाएक चर्चामा आएकी थिइन् । त्यो उनको कभर गित युट्युवको ट्रेन्डिङ नम्बर ४ मा पुग्न सफल भयो । उनका फ्यान र शुभचिन्तकले आफ्नै गीत निकाल्नु भन्दै दिएको सुझाव उनका लागि सांगीतिक क्षेत्रमा पहिचान बनाउन सफल भईन । अहिलेसम्म गायिका एलिनाले अहिलेसम्म ५० भन्दाबढी गितमा आवाज दिई सकेकी छिन् । सुदूरपश्चिमकोे देउडा भाकामा ‘राम साइला’ लगायत आधुनिक गित र तिजगितलाई स्रोता र दर्शकले अत्यधिक मन पराएका छन् । लकडाउनको समयना ल्याएका गित राम साईला,मेरो परान,मिनेरल वाटर, प्राप्ति र पीडा,मेरो बाबा भगवान, पानी पधेरो गितलाई स्रोता दर्शकले अत्यधिक मन पाराएका छन् । नयाँ गित पन्छी सार्वजनिक गर्ने तयारीमा छ्न। अहिले गायिका एलिना नयाँ रेकर्ड र म्युजिक भिडियोमा व्यस्त छिन् र चाडै सुदूरपश्चिमको देउडा भाकाको गित ल्याउने तयारी गरेको बताईन ।
गायिका एलिना भनिन्- ‘मैले सांगीतिक क्षेत्रलाई अघि बढाउनु मेरो दायित्व हो । त्यहि भएर अब म धेरै नेपाली गितहरु कम्पोजमा समय दिने सोचमा छु । म भित्र धेरै कमी कमजोरीहरु छन् । जुन कमी कमजोरीलाई बहिर फाल्दै संगीत प्रेमी श्रोता दर्शकहरुको सल्लाह अनुसार सांगीतिक क्षेत्रमा निखारपन ल्याउनु छ।’
गायिका एलिना चौहान अविवाहित हुन् । अहिले उनी स्नातक दोस्रो बर्षमा अध्ययनसङ्गै सांगीतिक क्षेत्रलाई अगाडि बढाई रहेकी छिन् । उनी अहिले टिकटकमा पनि चर्चामा रहेकी छिन् ।