कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
बोलन्या थली |
११ भाद्र २०७७, बिहीबार
धनगढी– कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाईते भएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर ११ अमरबस्तिमा चट्याङ लागेर २७ बर्षीय स्थानीय गणेश सिंहको मृत्यु भएको र ३० बर्षीय लालबहादुर बोगटी, १६ बर्षीया भावना भुल र ३७ बर्षीया पशुपति सार्की घाईते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले जानकारी दिए।