सुनसान बन्यो डोकेबजार (फोटो फिचर)
बोलन्या थली |
१० भाद्र २०७७, बुधबार
वीरबहादुर सिहँ ,कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा पर्ने डोकेबजार क्षेत्र पूर्ण रूपमा बन्द भएको छ । आज लकडाउनको पहिलो दिन यहाँको क्षेत्र सुनसान बनेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भदौ १४ गते सम्मका लागि सो क्षेत्र क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै डोकेबजार लगायत वरपरका क्षेत्रहरू सुनसान बनेका हुन ।
गौरीफन्टाबाट आएकाहरू डोकेबजारमा जम्मा हुने हुदाँ कोरोनाको जोखीम बढेको भन्दै कञ्चनपुर प्रशासनले मंगलवार एक सुचना जारी गर्दै बन्द गर्ने निर्णय गरेको हो ।