धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ऐर पक्राउ


धनगढी । भारतीय नागरिकलाई धनगढी प्रवेश गराउन खोजेको भन्दै वडा अध्यक्ष पक्राउ परेका छन्। भारतिय २ महिलालाई त्रिनगर नाका भएर धनगढी प्रवेश गराउन खोजेको भन्दै उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार उनलाई त्रिनगर नाकाबाट पक्राउ गरीएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। उनले भारतीय २ महिलालाई धनगढी प्रवेश गराउनका लागी त्रिनगर नाका प्रहरीलाई दबाब दिएको प्रहरीले आरोप लगाएको छ ।प्रहरीका अनुसार उनले मापसे सेवन गरी नाकामै हो–हल्ला समेत गरेको बुझिएको छ ।