धनगढीमा रहेको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण
बोलन्या थली |
९ भाद्र २०७७, मंगलवार
धनगढी : धनगढीमा रहेको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीन दिनदेखि आईसियुमा उपचाररत ती बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।
संक्रमित बिरामीलाई सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा सारिएको छ । संक्रमित भेटिएपछि अस्पतालले आफ्नो आईसियु सेवा बन्द गरेको छ । आईसियु सिल गरिएको छ । अन्य सम्पूर्ण सेवाहरु भने सुचारु रहेको हस्पिटलले जनाएको छ ।
कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई आज साँझ होटलमा आईसोलेसनमा राखिएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको भोली पीसीआर परीक्षण गर्ने बताईएको छ ।