डोकेबजार क्षेत्रमा आज मध्यरातिदेखि ‘लकडाउन’
कञ्चनपुर। कैलाली-कञ्चनपुरको सिमा नाका डोकेबजार क्षेत्रमा आज मध्यरातिदेखि लकडाउन जारी हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै आज मध्यरातिदेखि डोकेबजार क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।
कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीद्धारा सुचनामा भनिएको छ, भदौ ९ गते अर्थात आज मध्यराती १२ बजेदेखि १४ गते मध्यराती सम्म पुनर्वासनगरपालिका वडा नम्वर ११ को डोकेबजार र आसपासको क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी गराएको छ ।
पछिल्लो समय सीमा नाका अस्थव्यस्त बन्दै गएको थियो । गौरीफन्टाबाट आएकाहरू डोकेबजारमा जम्मा हुने हुदाँ कोरोनाको जोखीम बढेको भन्दै नाकालाई कडाइ गर्न सर्वसाधरणहरुले माग समेत गर्दै आईरहेका थिए ।
यदी कसैले उक्त निर्णयको अटेरी गरेको पाईएमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत उल्लेख गरेको छ ।