नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, ८ सय ५५ जना संक्रमित थपिए

बोलन्या थली | ९ भाद्र २०७७, मंगलवार
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, ८ सय ५५ जना संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा थप ८ सय ५५ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ३३ हजार पाँच सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौंमा तीन जना, सिरहा, पर्सा, धनुषा र रुपन्देहीमा एक–एक जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू