सेती प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण


धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामको चौरपाटी गाउँपालिकका १२, साँफेवगरका ५ र मंगलसैनका एक जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का चार, वडा नम्वर ५ का दुई, वडा नम्वर २ का एक, लम्कीचुहाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।