डोटी प्रयोगशालामा ५९ जनाको परीक्षणमा ४५ जनामा कोरोना पोजेटिभ
बोलन्या थली |
९ भाद्र २०७७, मंगलवार
धनगढी : डोटी अस्पतालमा पछिल्लो पटक ५९ जनामा परीक्षण गरिएकोमा ४५ जनाको पोजेटिभ रिपोर्ट आएको छ। अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार ५९ संक्रमित सबै डोटी जिल्लाका हुन्।
जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताए।


