बिश्व कीर्तिमानी सुजल बमको ‘प्रेमको माला’ सार्वजनिक (भिडियो)
बोलन्या थली |
९ भाद्र २०७७, मंगलवार
धनगढी : बिश्व कीर्तिमानी बहिरा कलाकार सुजल बमको नयाँ गीतको भिडियो ‘प्रेमको माला’ सार्वजनिक भएको छ । नरेन्द्र प्यासीको स्वर तथा सङ्गीत र दुर्गा खतिवडा भट्टराईको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा सुजलसँगै दिनेश कठायतको अभिनय रहेको छ । लोकप्रिय मोडल सनम कठायतको परिकल्पनामा अन्जन शर्माले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा दीपक गिरीले छायांकन रहेको छ भने राजेश कुमारले सम्पादन गरेका छन् । गीतलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।
बहिरा कलाकार सुजल बमको केही समयअघि ‘बैनी झ्यालैमा’ गीतको भिडियो सार्वजनिक भएको थियो ।


