कैलालीमा आईसोलेसनमै एक महिलाको मृत्यु


धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ । केही दिनअघि भारतबाट श्रीमान र छोरा सहित नेपाल फर्किएकी ३५ बर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो।
बझाङ घर भएकी उनी श्रीमान, छोरासहित आफ्नतको घर घोडाघोडीमा बसेकी थिईन । श्रीमान, छोरामा कोरोना देखिएपछी ती महिलालाई आईसोलेशनमा राखिएको घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले जानकारी दिए। महिला मृगौला रोग पीडित रहेकि थिईन । उनको स्वाब संकलन गरि कोरोना परिक्षण गर्ने तयारी भएको रेग्मीले बताए ।