बोलन्या थलीको पहलमा दार्चुलाका ब्लड क्यान्सर युवकको उपचारका लागि आर्थिक सहयोग
बोलन्या थली |
८ भाद्र २०७७, सोमबार
धनगढीः बोलन्या थलीको पहलमा दार्चुलाका ब्लड क्यान्सर युवकको उपचारका लागि आर्थिक सहयोग गरेको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय दिपेन्द्र पाललाई ब्लड क्यान्सर उपचारका लागि आर्थिक अभाव भएपछि बोलन्या थलीको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो ।
काठमाडौमा उपचाररत पालको उपचारका लागि अत्तरियाका दिनेश पाण्डेय एक हजार एक रुपैया, हाल कोरियामा रहेका प्रेम बहादुर धामी एक हजार एक सय एघार रुपैया सहयोग गरेको छ ।
यस्तै बोलन्या थलीको केन्द्रिय कार्यालय धनगढीले एक हजार पाँच सय रुपैया सहयोग गरेको छ ।
दार्चुलाका युवक ब्लड क्यान्सर र बोन म्यारोको उपचारका लागी बोलन्या थलीले केहि आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको बोलन्या थलीका केन्द्रिय संयोजक यादव जोशीले बताए । उनले सक्दो सहयोगको गरिदिन हुन सबैलाई अनुरोध गरेका छ्न ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई स्वास्थ्यमा समस्या देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो। महाकाली अस्पतालले उनलाई धनगढी रेफर गरेको थियो।
धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा ब्लड क्यान्सर भएको भन्दै काठमाडौँ रेफर गरेको थियो। उनका दाजु मिन पालले अहिले काठमाडौँको सिभिल अस्पतालमा उपचार भईरहेको बताए ।


