कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल : कांग्रेस

बोलन्या थली | ८ भाद्र २०७७, सोमबार
कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोरोना अनुगमन समितिले कोभिड १९ रोग नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताएको छ । समितिको मंगलबार सम्पन्न भर्चुअल बैठकले नेपालमा कोरोना भित्रिएको करिब ६ महिना बितिसक्दा समेत सरकार बहिरो बनेकाले अब सरकारको बहिरोपनको विरोधमा देशव्यापी संघर्ष गर्ने निष्कर्ष समेत निकालेको हो ।

कोरोना महामारी नियन्त्रणका सवालमा सरकार असफल भएकाले अब कांग्रेसले अझैँ पनि तिनै तहका सरकारलाई सचेत गराउन दबाब दिने समितिको भनाई छ । महामारीसँग जुध्न यतिका दिनसम्म पनि आवश्यक स्वास्थ्य सामग्री, भेन्टिलेटर, आईसियु लगायतको अवस्थामा कुनै परिवर्तन नभएको, कोभिड अस्पतालको निर्माण, टेस्टिंगको दायरामा बृद्धि, राहत प्याकेज, स्वास्थ्यकर्मी लगायत अग्रपंक्तीमा खटिएका कर्मचारीलाई आवश्यक हौसला, सेवासुविधा दिन नसकेको, विदेशबाट स्वदेश फर्किन चाहने नेपालीलाई निशुःल्क ल्याउने लगायत थुप्रै सवालमा काम गर्न असमर्थ भएकाले तत्काल पार्टीलाई प्रतिवेदन बुझाएर सरकारको खिलाफमा समितिले संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेको समितिका सदस्य नैनसिंह महरले अनलाइनमार्गलाई बताए ।

आज सम्पन्न भर्चुअल बैठकमा समितिका संयोजक एवम् पार्टी सहमहामन्त्री प्रकाशशरण महत, सदस्यहरु एनपी साउँद, रमा पौडेल, पार्वती डिसी चौधरी, माधवी भट्ट, प्रभु बुढाथोकी, पोषराज पाण्डे, अच्युत वाग्ले, डा. एलबी पुन, प्रो. डा. धनेश्वर नेपाल, सरिन घिमिरे, विभिन्न क्षेत्रका विज्ञहरु लगायतको सहभागीता रहेको थियो ।

कांग्रेस कोरोना अनुगमन समितिले गठन भएदेखि नै सरकारलाई दबाब दिने, नागरिकलाई सचेत गराउने लगायतका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

जनाअवजको टिप्पणीहरू