निषेधाज्ञाको आज चौथो दिन : लगातारको बन्दले जनजीवन कष्टकर

बोलन्या थली | ८ भाद्र २०७७, सोमबार
निषेधाज्ञाको आज चौथो दिन : लगातारको बन्दले जनजीवन कष्टकर

कञ्चनपुर । निषेधाज्ञाको आज चौथो दिन पनि कैलाली कञ्चनपुरका बजारहरु सुनसान बनेका छन । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयहरुले  गत विहिबार देखि १४ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

दिनप्रतिदिन कोरोना संक्रमित बढदै गएपछि प्रशासनले यस्तो निर्णय गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको हो । बिगत चार महिनादेखि जारी लकडाउनमा समस्या झेलेका यहाँका नागरिक फेरि निषेधाज्ञाको मारमा परेका छन ।

अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द भएपछि यहाँका नागरिकहरुको जनजीवन प्रभावित बन्दै गएको छ । मानिसहरुलाई अनावश्यक रुपमा हिडडुल गर्न समेत रोक लगाईको छ । भने सडकमा सवारी साधन समेत गुड्न दिईएका छैन् ।

यता कैलाली कञ्चनपुरका मुख्य बजार क्षेत्रका पसलहरु पनि पूर्ण रुपमा ठप्प छन भने निषेधाज्ञालाई कार्यान्वयन गर्न कैलाली कञ्चनपुरका सडकहरुमा सुरक्षाकर्मीहरुले चेकजाँचमा कडाई गरिरहेका छन ।निषेधाज्ञाको चौथो दिन सम्म आईपुग्दा दैनिक ज्यालादारी गरी खाने बर्ग झनै समस्यामा परेका छन । 

जनाअवजको टिप्पणीहरू