सेती अस्पतालमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण


धनगढी : सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए।
उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई÷दुई जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
अछामको मंगलसेनका १४ जना, साँफेवगरका तीन जना र एक जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको छ। डोटीको आदर्श गाउँपालिकाका चचार र बोगटानका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका एक/एक जना र बझाङका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।