आज सुदूरपश्चिममा थारु समुदायको ‘अटबारी पर्व’ को सार्वजनिक बिदा

बोलन्या थली | ७ भाद्र २०७७, आईतवार
आज सुदूरपश्चिममा थारु समुदायको ‘अटबारी पर्व’ को  सार्वजनिक बिदा

धनगढीः सुदूरपश्चिम सरकारले आज थारु समुदायको ‘अटबारी पर्व’ को सार्वजनिक बिदा दिएको छ। थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा अटबारी मनाउने गरिन्छ। २०७७ सालमा दिईने बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।

२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो। 

प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिईएको थियो। यस्तै पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एकरएक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।

जनाअवजको टिप्पणीहरू