डोटी प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण
बोलन्या थली |
४ भाद्र २०७७, बिहीबार
धनगढी: डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ४७ जनामा गरिएको परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एक/एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।
यस्तै केआईसिंह गाउँपालिकाका एक महिला संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा पनि कोरोना देखिएको उनले बताए।